वैशाखे गर्मीमा सुदर्शन र पुजाको रोमान्स


puja-sharma-sudarshan-thapa

ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘मधुमाश’ निर्माण हुँदा सुदर्शन थापा फिल्मका निर्देशक थिए भने नायिका पुजा शर्मा सोहि फिल्ममा नायक आर्यन सिग्देलसँग रोमान्स गरिरहेकी थिईन्। फिल्मी बजारमा सुदर्शन र पुजाको ‘रियल’ अफेयर चलिरहँदा केही दिन अघि यो जोडी राजधानीको धर्मस्थली गाविसको गहुँबारीमा नाँच्न व्यस्त थिए।

‘सानो संसार’ र ‘कोही मेरो’ का निर्देशक आलोक नेम्बाङले निर्देशन गरिरहेको फिल्म ‘अझै पनि’ को गीतको यो दृश्यमा निर्देशक आलोक आफै सुदर्शन र पुजालाई नचाईरहेका थिए। वैशाखको टण्टलापुर घाममा गर्मीको पर्वाह नगरी नाँच्दा उनीहरु खुशी देखिन्थे। आखिर खुशी पनि किन नहुन् पहिलोपटक उनीहरु एउटै फिल्ममा नायक नायिकाको भूमिकामा देखिइरहेका छन्। ‘उनीहरुको काम राम्रो चलिरहेको छ, दुवैको नचाईको ताल पनि मिलेको छ,’विगत १५ दिनदेखि सुटिङ भइरहेको फिल्मका निर्देशक नेम्बाङ भन्दैथिए,‘मलाई विगतका फिल्म भन्दा यो फिल्ममा काम गर्न निकै सहज भएको छ।’ ‘सानो संसार’ बनाउँदा कोरियन फ्लेबर र ‘कोही मेरो’ बनाउँदा बलिउड फ्लेबरको फिल्म बनाएको आरोप खेपेका निर्देशक नेम्बाङ ‘अझै पनि’ लाई चाहिँ विशुद्ध नेपाली फ्लेबरको बनाउन लागिपरेका छन्। ‘विशुद्ध नेपाली फिल्म बनाउन लागेकोले हामी गाउँको स्वाद फिल्ममा पस्किरहेका छौं ’ आलोकले भने।

puja-sharma-sudarshan-thapa-ajhai-paniसुदर्शन थापा प्रोडक्सनले निर्माण गरिरहेको फिल्ममा सुदर्शन र कष्ट्यूम डिजाईनर पुनम गौतमको लगानी रहेको छ । फिल्ममा सुदर्शन र पुजाबाहेक पुष्प खड्का, विशाल ढुंगाना, पुजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल र विपना धिमालको अभिनय रहेको छ । यसबाहेक फिल्ममा अभिनेता बिजय लामा, मिथिला शर्मा र रामशरण पाठकलाई पनि देख्न सकिन्छ । अष्ट महर्जनको द्वन्द्व रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉