बलिउड स्टार अक्षय कुमारले जन्माए एक साथ ६ बच्चा!


भारतीय चर्चित शो ‘द ग्रेट इंडियन लाफ्टर च्यालेन्ज ५’ को नयाँ प्रोमो सार्वजनिक भएको छ। जहाँ बलिउड अभिनेता अक्षय कुमारले एक साथ ६ वटा बच्चा जन्माएको देखाइएको छ।

यस चर्चित शो ‘द ग्रेट इंडियन लाफ्टर च्यालेन्ज ५’ को लागि बनाइएको प्रोमोमा अक्षयले एक साथ ६ बच्चालाई जन्म दिएका हुन्। साथै भिडियोमा ति बच्चाहरु रुनुको सट्टा हाँस्दै जन्मिएको देखाइएको छ।

अक्षयको यो फन्नी भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

भारतीय चर्चित च्यानल स्टार प्लसबाट शुरु हुन गइरहेको यस शोमा अक्षय जज बन्ने भएका छन्। शो को रिलीज डेट र कंटेस्टेंट्स को बारेमा भने खुलाइएको छ्रैन्। बताइएअनुसार यस शोमा सुनिल ग्रोवर होस्टको रुपमा आउनेछन्।

SUBSCRIBE 👉