दशैँमा एक्लै ‘छक्का पन्जा २’


अन्ततः ‘छक्का पन्जा २’ दशैँको अवसर पारेर असोज ११ गतेबाट एक्लो रिलीजमा आउने भएको छ । असोज ११ मै आउने भनिएको फिल्म ‘मंगलम’ पछाडी सरेपछि ‘छक्का पन्जा २’ एक्लो रिलीजको अवसर पाएको हो ।

अब फिल्म ‘मंगलम’ भने फागुन ४ गते रिलीजमा आउने छ । यस अघि असोज ११ मा ‘छक्का पन्जा २’ संगै रिलीजमा आउने भनि फस्ट लुक र एक गीत सार्बजनिक गरेको ‘मंगलम’ पछाडी सरेपछि त्यसको फाईदा सिधै ‘छक्का पन्जा २’ लाई पुग्ने देखिन्छ ।

निर्माता छविराज ओझाले निर्माण गरेको ‘मंगलम’मा नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेकी छिन् भने फिल्मलाई निर्देशन कुशल निर्देशक नवल नेपालले गरेका हुन् । फिल्ममा शिल्पा र पुष्प खड्का मुख्य भूमिकामा देखिएका छन् ।

यता दुई गीत र ट्रेलर सार्बजनिक गरिसकेको फिल्म ‘छक्का पन्जा २’ यो बर्षको प्रतिक्षीत फिल्म हो । अघिल्लो वर्ष करोडौ को ब्यापार गरेर रेकर्ड बनाएको ‘छक्का पन्जा’ को रेकर्ड तोड्नुपर्ने चुनौती ‘छक्का पन्जा २’ लाई छ ।

दिपाश्री निरौलले निर्देशन गरेको फिल्ममा दिपकराज गिरी, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का, केदार घिमीरे (माग्ने बुढा) लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

‘छक्का पन्जा २’ को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉