अष्ट्रेलियामा ‘द नेक्स्ट’ सँग समिरको ‘मादल घिन घिन बजेपछि’


भनिन्छ, संगीतलाई कुनै सिमाले छेक्दैन। यो कुरालाई धेरै देश भित्र र बाहीर बस्ने नेपाली कलाकार तथा सर्जकले प्रमाणित गरीसकेका छन। १ वर्ष अगाडि मात्र ‘दुनियाँ बेग्लै छ’ बोलको गीतले निकै चर्चा पाएको थियो। त्यसपछि देउडा गीत ‘चट्ट सलाम छ’ मन–मनमा बस्न सफल भएको थियो। अघिल्ला गीतको चर्चा सेलाउन नपाउँदै अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले फेरि अर्को गीत ‘घिन घिन वज्यो मादलु’ सार्वजनीक गरेका छन्।

भिडियोमा अष्ट्रेलियामा रहेर पनि विश्वमाझ रहेका नेपालीहरुको मनमा बस्न सफल ‘डान्स ग्रुप द नेक्सट’ले नृत्य गरेका छन्। आफ्नो बुवाको एल्बममा रहेको पुरानो टप्पा गीतलाई नयाँ फ्लेवरका साथ समिरले यो गीत बजारमा ल्याएका छन्। यसका शब्द तथा संकलन चिन्तामणी शर्माको रहेको छ।

गायम समिर आचार्य आफ्ना अहिलेसम्मकै गीतमा यो गीत विशेष रहेको बताउँछन्। प्रदिप लामाको कोरियोग्राफी रहेको यो गीतमा अभियान थापाको छायांकन तथा सम्पादन छ। यो गीतको भिडियोमा प्रदिप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मिया लगायतले नृत्य गरेका छन्।

SUBSCRIBE 👉