स्टार बन्ने दौडमा पल, ‘जोनी जेन्टलम्यान’ ले कत्तिको इट्टा थप्ने ?


म्युजीक भिडीयो सम्पादन ,निर्देशन र अभिनय गर्दै ठुलो पर्दाको चलचित्रमा आएको नाम हो  पल शाह । नाइँ नभन्नु ल ४ बाट चलचित्रमा डेब्यु गरेका उनको डेब्युको खासै चर्चा नभएपनि उनि अभिनीत दोस्रो चलचित्र ‘म यस्तो गीत गाउछु’ले भने उनलाई राम्रै चर्चा दियो।

हो उनै  पल शाह अभिनित चलचित्र  ‘जोनी जेन्टलम्यान’ यतिबेला रिलीजको तयारीमा छ। ‘म यस्तो गीत गाउछु’ बाट राम्रै तारिफ कमाएका पलको तेस्रो चलचित्रले  कस्तो ब्यापार गर्ने हो कौतुहलता बिषय बनेको छ।

सार्बजनिक ट्रेलर र गीतबाट मीश्रीत प्रतिक्रिया पाएको चलचित्र ‘जोनी जेन्टलम्यान’ मा उनलाई आचल शर्माले साथ दिएकी छिन्। आचललाई धेरैले पलको गलफ्रेन्ड भनेर पनि चिन्छन्। पल र आचलले एकै ‘फिल्म नाइँ नभन्नु ल ४’ बाट डेब्यु गरेका थिए ।

चलचित्रमा जोनीबाट जेन्टलम्यान बनेका पलको स्टार बन्ने दौडमा ‘जोनी जेन्टलम्यान’ ले कत्तिको इट्टा थप्ने हो त्यो भने हेर्न बाकी छ। चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका हुन् भने निर्माणमा एन्ड्रेयू पौडेल र अजय मल्लले सहकार्य गरेका छन्।

भिडियो हेर्नुहोस्

‘जोनी जेन्टलम्यान’ ट्रेलर

जब जब तिम्रो साथ… भिडियो गीत

SUBSCRIBE 👉