जन्मदिनमा नीताले गरिन् फिल्म निर्माण कम्पनिको घोषणा


नायिका नीता ढुंगानाले आफ्नो २५ औं जन्मदिनको अवसर पारेर फिल्म निर्माण कम्पनि ‘निता फिल्म्स प्रडक्सन’को शुरुवात गरेकी छिन्। उनि अब फिल्म अभिनय संगै फिल्म निर्माणमा समेत सक्रिय हुने बताएकी छिन्। आफ्नो जन्मदिन मनाउन आयोजित कार्यक्रममा उनले ‘नीता फिल्मस् प्रडक्सन’ को ब्यानर समेत सार्बजनिक गरिन्। कार्यक्रममा उपस्थित नायिकाहरुको जमातले रिमोटको स्विच अन गर्दै निताको प्रडक्सन कम्पनीको ब्यानर सार्बजनिक गरेका हुन्।

नीताले जन्मदिनको केक काट्दै चलचित्र पत्रकार संघ, नेपालको कल्याणकारी कोषका लागि नगद २० हजार रुपैया पनि सहयोग गरिन्। उनले चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटालाइ नगद हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रमको रमझम फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

पत्रकार, आफन्त र साथीभाइहरुको उपस्थिति रहेको कार्यक्रमा बोल्दै छिट्टै नै निर्माण गर्न लागेको फिल्मको लागि लेखक र निर्देशकको खोजी भैरहेको जनाकारी दिईन्। कार्यक्रममा नायिकाहरु झरना थापा, रुपा राना, अनु शाह, सुरविना कार्की, निर्देशक दिनेस रावत, निर्माता प्रदीप कुमार उदय लागायतका फिल्मीकर्मी तथा चलचित्र पत्रकारहरुको बाक्लो उपस्थिति थियो।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉