‘छक्का पञ्जा २’ को प्रस्तुतिले तात्यो इटहरी


असोज ११ गतेदेखि प्रदर्शनमाआउने बहुप्रतिक्षित फिल्म छक्कापञ्जा २ को जम्बो टोली यति बेला मोफसल प्रचार प्रसारमा छ । यात्रामा निर्देशक दिपाश्री निरौला, निर्माता तथा अभिनेता दिपकराज गिरी, नायिका प्रियंका कार्की, बर्षा राउत, कलाकारहरु जितु नेपाल, केदार घिमिरे माग्ने बुढा छन् ।

मोफसलका विभिन्न शहरमा कार्यक्रम गरेर फिल्मको प्रचार गर्ने क्रममा शुक्रबार फिल्म युनिट इटहरीमा पुग्यो । जहाँ दिपकराज, दिपाश्री, प्रियंका, जितु, केदार, बर्षा र स्वरुपले दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । दिपक र प्रियंकाले झ्याम्म झ्याम्ममा ठुम्का लगाउादा जितु र केदारले कमेडी मार्फत दर्शकलाई रमाईलो गराए ।

मोफसल यात्रा एकदम रमाईलो भएको र दर्शकको मायाले उत्साहित भएको प्रियंकाले बताइन् । यस्तै गृह नगरमा विराटनगरका बाढी प्रभावितलाई सहयोग समेत गरेकी निर्देशक निरौलाले मोफसलमा छक्कापञ्जा २ को क्रेज उच्च रहेको बताइन् ।

SUBSCRIBE 👉