‘ऐश्वर्य’ पाउन रमेश र प्रशान्तको साम दाम दण्ड भेद


‘तिमि रोएको पल तिमीलाई हसाउन नसकुंला…’ गीत रिलिज पछि चर्चामा रहेको फिल्म ‘ऐश्वर्य’ को ट्रेलर रिलिज गरिएको छ। सार्वजनिक ट्रेलरमा ‘ऐश्वर्य’ प्राप्तिका लागि दुई पात्रले गरेको संघर्षलाई देखाइएको छ। फिल्म निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरको स्तरीयताको सबैले तारिफ गरेका छन्।

ट्रेलर रिलिज कार्यक्रमको भिडियो हेर्नुहोस्

लभ स्टोरी जनरको यो फिल्ममा सुख सम्पति प्राप्तिको पछी लाग्दा निम्तिने अवस्थालाई देखाइएको छ। अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै फिल्म मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन्।

‘ऐश्वर्य’ को ट्रेलर यहाँ क्लिक गर्नुहोस्

फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यो फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले लगानी गरेका छन्।

निर्मल शर्मा सह निर्माता रहेको यो फिल्म लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका हुन्। कार्तिक ९ अर्थात् छठ पर्वको दिन फिल्म अल नेपाल रिलिज हुदैछ।

SUBSCRIBE 👉