गीलास खाली हुँदै गएपछि आशिष्मा, आमेश र सलोनले यो के गरे ?


दशैंको अवसर पारेर चलचित्र ‘मेला’मा समावेश एक पार्टी गीत रिलिज गरिएको छ। राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मेला’को ‘खाली हुँदै गयो गीलास’ बोलको गीतको भिडियो रिलिज गरिएको हो। गीतमा गिलास रित्तिएको कुरा गरिएको छ।

पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ। हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन्। बसन्त निरौला निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुदैछ।

विक्रम राइ र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोमा चलचित्रका मुख्य ३ कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ फिचरिङ गरिएको छ।

‘खाली हुँदै गयो गीलास’ – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

चलचित्रको कथावस्तुको बारेमा निर्माणपक्षले अझै पनि केही खुलाएको छैन यसअगाडि सार्वजनिक ‘परिचय’ बोलको लोकलयको गीत हिट भैसकेको अवस्थामा यो गीतले पनि बजार तताउने विश्वास गरिएको छ

SUBSCRIBE 👉