‘पंचायत’को पहिलो गीतमा निताको पिडा


चलचित्र ‘पंचायत’को पहिलो गीत सार्बजनिक गरिएको छ। टंक बुढाथोकीको संगीत शिबम अधिकारीको शब्द रहेको गीतमा सरु गौतमको स्वर रहेको छ। एउटी नारीको बेदना समेटिएको गीतमा नायिका नीता ढुंगानालाई फिचर गरिएको छ।

चलचित्रमा सरोज खनाल,निता ढुंगाना,गणेश गिरि लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता गणेश गिरि हुन् भने सुशान्त श्रेष्ठ र शंकर सुबेदी चलचित्रका निर्माता रहेका छन्।

शिबम अधिकारीको निर्देशनमा बनेको चलचित्रमा रामेस्वर कार्कीले छायांकन र बिपिन मल्लको सम्पादन देख्न सकिन्छ । चलचित्र आगामी फागुन १७ गते बाट प्रदर्शनमा आउदैछ ।

SUBSCRIBE 👉