प्रेम कथाले भरिपूर्ण सम्भोज मल्लको ‘भन्नेले के के भन्छन्….’ म्युजिक भिडियो


कबिनले सृष्टिको घरमा काम गर्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन्। कबिनको काम गर्ने शैली तथा गिटारवादनबाट सृष्टि लट्ठ पर्छिन्। केही समयपछि नै सृष्टि र कबिन एक अर्कालाई प्रेम गर्न थाल्छन्। सृष्टिका बुवाले उनीहरुको प्रेमालाप देखेपछि कबिनलाई घरबाट निकालि दिन्छन्। अन्तत सृष्टि र कबिनको सुखद मिलन हुन्छ। यो कथा हो – गायक सम्भोज मल्लको ‘भन्नेले के के भन्छन्….’ शीर्षकको गीतको म्युजिक भिडियोको।

अघिल्लो महिना काठमाडौंमा वितरण गरिएको ओएसनेपाल म्युजिक एवार्डमा सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको एवार्ड जित्न सफल अस्ट्रेलीया बसोबास गर्दै आएका निर्देशक सुरेन श्रेष्ठ एण्ड टिमको निर्देशनमा गायक सम्भोज मल्लको ‘भन्नेले के के भन्छन्….’ शीर्षकको गीतको म्युजिक भिडियो तयार पारेको हो।

निर्देशक श्रेष्ठले यो भिडियोमा एक रोचक प्रेम कथालाई चित्रण गरेका छन्। मायाले जात, धर्म, पेसा, योग्यता, वर्ग केहि हेर्दैन। साँचो मायाको सधै जित हुन्छ। त्यसैले साँचो मायाको स्थान सधैं उच्च हुन्छ भन्ने भावनालाई म्युजिक भिडियोमा समेटिएको छ। मायाले कुनै युद्ध हारेको छैन, हरेक परिस्थितिमा मायाकै जीत हुन्छ भन्ने सन्देश बोकेको छ।

अष्ट्रेलियामा छायांकन गरिएको भिडियोमा सृष्टि रोका तथा कबिन रानाले अभिनय गरेका छन्। भिडियोमा सृष्टि र कबिनको प्रेम प्रसंगलाई रोमाञ्चक शैलीमा चित्रण गरिएको छ।

गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ। मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन्। टेक बयलकोटीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् । भिडियोमा रघु जुगजलीले कोरियोग्राफी गरेका छन्।


Bhanne Le K K Bhanchhan – Sambhoj Malla Music Video | Nepali Pop Song 2017


SUBSCRIBE 👉