ट्रेलरमा रोएकी केकी ‘ऐश्वर्य’को नयाँ पोस्टरमा मुस्कुराईन


कार्तिक ९ गते रिलिज मिति तय भएको फिल्म ‘ऐश्वर्य’ ले फिल्मकी अर्की कलाकार केकी अधिकारीलाई पनि प्रचार प्रसारमा अघि सारेको छ। ट्रेलरमा मात्र देखिएकी केकीलाई निर्माण पक्षले फिल्मको नयाँ पोष्टरमा अभिनेता रमेश उप्रेती र प्रशान्त संग केकीलाई प्रस्तुत गरेको छ। पोस्टरमा केकीलाई मुस्कुराएको देख्न सकिन्छ भने ट्रेलरमा तनाव मुडमा देख्न सकिन्छ।

‘ऐश्वर्य’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

ट्रेलरमा दर्शकलाई सरप्राइज दिएपछि निर्माण टीमले केकीलाई समेत फिचारिंग गरिएको पोष्टर रिलिज गरेको हो। दर्शकले ट्रेलरमा केकीलाई रुचाएका छन् भने फिल्म भित्र उनि दमदार भूमिकामा रहेको निर्माण पक्षले बताउदै आएको छ। फिल्म युनिटको अनुसार केकीलाई प्लानिङ अनुसार नै फिल्मको प्रचार प्रसारमा अघि सारिएको हो।

फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन्। अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै फिल्म मार्फत निर्माताको रुपमा डेब्यु गरेका छन्।

तिमि रोएको पल… फिल्मको गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

निर्मल शर्मा सह निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ। सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुँदै छ।

SUBSCRIBE 👉