संध्या सँग कुशलको एक तर्फी प्रेम । ह्याप्पी न्यु ईएर गीत रिलीज


नेपाल र अस्ट्रेलियामा छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु इयर’को शीर्ष गीत रिलिज गरिएको छ। विनोद ढकालको शब्द / संगीत र नवराज बस्नेतको स्वर रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कुशल थापा र नायिका सन्ध्या केसीलाई फिचरिङ गरिएको छ। रोहन नेपालीको कोरियोग्राफी गरेको भिडियोमा कुशलले सन्ध्यालाई एकोहोरो मनपराएको प्रष्ट देखिन्छ।

ह्याप्पी न्यु ईएर गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

गीत सार्बजनिक गर्न फिल्म निर्माण युनिटले राजधानीमा एक कार्यक्रम को आयोजना गर्यो। कार्यक्रममा बोल्दै फिल्मकी प्रस्तुतकर्ता रती थापा श्रेष्ठले फिल्मको कथा राम्रो लागेर फिल्म बनाउन कुशललाई प्रस्ताव गरेको बताइन्। रती थापा यो फिल्मका नायक कुशल थापाकि श्रीमती हुन्।

फिल्म निर्देशक देवकुमार श्रेष्ठले फिल्मले अहिलेको युवापुस्ताको प्रेम भावना बोल्ने बताए। ‘फिल्म प्रेमकथाको भए पनि फरक शैलीमा देखाउने प्रयास गरेका छौं,’ उनले भने, ‘कथासँगै दर्शकले नेपाल र अस्ट्रेलियाका राम्रा लोकेशन फिल्ममा हेर्न पाउनुहुनेछ।’

नायक कुशलले फिल्म राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए। उनले भने – ‘स्क्रिप्ट तयार भएको झन्डै चार वर्ष भएको थियो, निर्देशक र कलाकार खोज्दैमा समय बित्यो। तर सबै काम फाइनल भएपछि स्क्रिप्ट निकाल्दा त स्क्रिप्ट धुलोले छोपिइसकेको रहेछ।’

नायिका सन्ध्या केसीले फिल्मको कथा राम्रो लागेर आफू काम गर्न सहमत भएको बताउँदै प्रेमकथाको फिल्म भएकाले आफू फिल्ममा आबद्ध भएको बताइन्।

पौष १४ गते रिलिज हुने फिल्ममा कुशल र सन्ध्या सँगै पुकार गौतम, ईश्वर थापा, पदम शाक्य लगायतको अभिनय छ भने विनोद ढकाल र टंक बुढाथोकीको संगीत, अर्जुन जिसीको सम्पादन र बेञ्जामिन डे तथा रामेश्वर कार्कीको छायांकन छ।

यसरि रिलिज गरियो ह्याप्पी न्यु ईएर गीतको भिडियो – हेर्नुहोस् कार्यक्रमको पुरै भीडीयो

SUBSCRIBE 👉