‘रूम नम्बर १०८’ मा के गर्दै छन् – सलोन र आमेष ?


नायक सलोन बस्नेतको स्वर रहेको ‘रूम नम्बर १०८’ गीतको भिडियो रिलिज भएको छ। होस्टेल, लव सब, गाजलु, ए मेरो हजुर २ लगायतक चलचित्रहरु मार्फत दर्शकको मन जित्न सफल सलोनले यस अघि आफ्नो नया चलचित्र बाबु कान्छाको गीतमा समेत स्वर दिएका छन्।

रूम नम्बर १०८ बोलको सार्वजनिक गीतमा सलोन सगै अर्का नायक आमेष भण्डारीको पनि स्वर रहेको छ। चलचित्र ‘मेला’मार्फत एक साथ पर्दामा आउन लागेका सलोन र आमेष निकै मिल्ने साथी हुन्। गीतमा कम्पोज सुरज ब्लुजले गरेका हुन्। पर्फेक्ट प्लान इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो गीतमा सलोन र आमेष सगै गिरिश खतिवडालाई पनि फ़िचरिङ्ग गरिएको छ।

शिशिर खातीको निर्देशन रहेको यस म्युजिक भिडियोलाई खातीले निकै सुन्दर तरिकाले निर्देशन गरेका छन्। पवन सुस्लिङ्गको छायांकन रहेको यस गीतलाई गौतम राज खड्काले सम्पादन गरेका हुन्।

‘रूम नम्बर १०८’ गीतको भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉