३ युवतीको कथामा केकी अधिकारीको ‘कोहलपुर एक्सप्रेस’


नायिका केकी अधिकारी पनि निर्मात्रीको रुपमा देखिने भएकी छिन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा केकिले निर्माण गर्न लागेको चलचित्रको निर्माण घोषणा गरिएको छ। जुनकिरी आर्टस्को पहिलो प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा केकी निर्मात्रीको रुपमा डेब्यु गर्दैछिन्। चलचित्रमा केकी सँगै भद्रबहादुर शाही, देवीलाल न्यौपाने, शिव प्रसाद चौंलागाईको संयुक्त लगानी रहने छ।

कार्यक्रममा बोल्दै केकिले भनिन् – ‘चलचित्र मेरो सपना र खुसी हो। सपना पुरा गर्न पाउँदा खुसी भइरहेको छु।’ चलचित्रमा तिन युवतीको यात्रा र त्यसबाट उब्जिने घटनालाई देखाउन खोजिएको छ। केकी अधिकारी, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई चलचित्रका मुख्य कलाकार हुन्।

दर्जनौ म्युजिक भिडियो निर्देशन गरेका विशाल भण्डारीले चलचित्रलाई निर्देशन गर्दै छन्। सान बस्न्यातको पटकथा र संवाद रहेको यो चलचित्र अर्जुन तिवारीले खिच्दैछन्। चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल, कालीप्रसाद बासकोटाको सङ्गीत रहने छ। निर्माण पक्षका अनुसार चलचित्रको प्रदर्शन यसै वर्षको अन्त्यमा हुन सक्ने बताइएको छ। यो चलचित्रको छायाँकन कात्तिक १३ गतेबाट शुरुहुने बताईएको छ।


तस्विर तथा भिडियो : संजय शाक्य / ग्ल्यामर नेपाल

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉