महानायकको सम्मानमा अष्ट्रेलियामा विशेष कार्यक्रम


ग्ल्यामर नेपाल, काठमाडौं। नेपाली फिल्मका महानायक राजेश हमालले नेपाली फिल्ममा गरेको २५ वर्षे यात्राको सम्मान गर्दै अष्ट्रेलियामा विशेष कार्यक्रम हुने भएको छ। नेपालीटच नामक संस्थाले आगामी जुन ८ मा मराना अडिटरियन हर्टसभिलेमा उक्त कार्यक्रम गर्न लागेको हो।

rajesh-hamal-rajesh-payel-rai-anju-panta

संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपेशका अनुसार बेलायती महारानी एलिजावेथ द्धितियाको जन्मदिनको बेला हुने लामो विदाको मौका पारेर कार्यक्रम आयोजना गर्न लागिएको हो। ‘दुई सय ५० बढी फिल्ममा निरन्तर काम गरिसक्नुभएका महानायक हमालले यहाँको कार्यक्रममा आफ्नो २५ वर्षे यात्राको अनुभव सुनाउनुहुनेछ,’दीपेशले भने,‘यसबाहेक उहाँले आफु अभिनित फिल्मका केही चर्चित डायलग र केही नृत्य पनि प्रस्तुत गर्नुहुनेछ ।’ उनका अनुसार यही कार्यक्रममा महानायक हमालको जन्मदिन पनि विशेष किसिमले मनाइनेछ।

उक्त कार्यक्रमको अर्को आकर्षण गायकगायिका राजेशपायल राई र अञ्जु पन्त पनि हुनेछन्। नेपाली सुगम संगीतका भर्सटाइल गायक राईका अनुसार अष्ट्रेलियाका पाँच स्थानमा हमालसहितको टोलीले कार्यक्रम गर्नेछ। ‘जुन १ देखि हुने कार्यक्रम ब्रिसबेन, तास्मानिया, सिड्नी, पर्थ र मेलबर्नमा हुनेछ,’राजेशपायलले भने,‘महानायकको विवाहको काम मे २८ मा सकिने भएकाले हामी मे ३० मा त्यता जाँदैछौं।’ राजेशपायलले कार्यक्रममा १६ वटासम्म गीत गाउनेछन्। अष्ट्रेलियाको कार्यक्रम पछि उनी वर्ल्ड टुर अन्तर्गत क्यानाडा, मलेशिया फिनल्याण्डलगायतको मुलुक जानेछन्।

आयोजकले अष्ट्रेलियाको कार्यक्रम नेपाली फिल्म र संगीत उद्योगलाई समर्पण गर्ने जनाएको छ। नेपालीटच अष्ट्रेलियाले सन् २०१२ मा चर्चित गायक शिव परियारको एकल कार्यक्रम आयोजना गरेको थियो, जुन त्यहाँको नेपालीका लागि एउटा कोशेढुंगा नै साबित भएको थियो। यसबाहेक उक्त संस्थाले संगीता तामाङ च्यारिटी कन्सर्टसँगै केही नेपाली फिल्म पनि प्रदर्शन गरेको थियो। संस्थाले सन् २०१३ को डिसेम्बरमा मेट्रो थिएटरमा सांगीतिक व्याण्ड मंगोलियन हर्टको सोलो कन्सर्ट पनि गरेको थियो।

SUBSCRIBE 👉