गत बर्ष, तरकारी बोकेर बजारतर्फ झर्दै गरेकी एक सुन्दर युवतीको तस्विर भाईरल भयो। एक सुन्दर युवती तरकारी बोकेर आउदै गरेको फोटो, रुपचन्द्र महर्जनले गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदिको झोलुंगे पुलमा खिचेक थिए। ‘तरकरिवाली’ भन्दै सामाजिक संजालहरुमा एकएक भाईरल भएको तस्विरकि युवती हुन् – कुसुम श्रेष्ठ। उनै तरकारीवाली कुशुम श्रेष्ठले यतिबेला नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन्।
कुसुमले नेपाली चलचित्र ‘लम्फू’मा अभिनय गरेको बताएकी छिन्। यसै बर्ष रिलीज हुने गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् त्यो भने अहिले खुलाएकी छैनन्।
‘तपाईँहरु र दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न’ कुशुमले भनिन्। यो चलचित्रको छायांकन अघिल्लो बर्ष नै भएको थियो तर पनि तरकारीवालीको अभिनयको बारेमा भने गोप्य राखिएको थियो। अब चलचित्र रिलीज हुने समय आएकोले आफुले आफ्नो अभिनय रहेको खुलाएको कुशुमले बताईन्।
तरकारीवाली – कुसुम श्रेष्ठको आकर्षक फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्
कुशुमले चलचित्रमा अभिनय गरेबापत आफुले पाएको सम्पूर्ण पारिश्रमिक अनाथ बालबालिकाकोलागी खर्च गरेकी छिन्। ‘म जुन समाजमा हुर्के, बढेँ यहि समाजले आज मलाई तरकारीवालीको रुपमा विश्वभर चिनाएको हो। मलाई समाजले अनपेक्षित रुपमा यति धेरै कुरा दियो। मैले पनि समाजको लागि केहि गर्नुपर्छ भन्ने लागेर अनाथ-असहाय बालबालिकामा खर्च गरेकी हुँ’, कुशुमले भनिन्, ‘यो मेरो पहिलो कमाई थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर रहिरहनेछु’।
चितवनको रत्ननगरमा शिक्षण पेशामा रहेका कुशुमका काका गोपीलाल श्रेष्ठले छोरीको सामाजिक कार्यको सोचले आफु निकै हर्षित भएको बताए। ‘कुशुमले गरेको काम ‘पावर’ र ‘प्रोपर्टी’को लागि नभएर ‘प्रेस्टिज’को लागि हो। समाजमा बसेपछि सामाजिक न्यायको क्षेत्रमा पनि हामीले हेर्नुपर्छ भन्ने ध्येयले यो गरिएको हो। जो मान्छे नांगा छन्, जो मान्छे भोका छन्, जो मान्छे किताबबाट टाढा छन्, जो मान्छेहरु दुईछाक खानबाट टाढा छन् उनिहरुलाई चलचित्रमा हभिनय गरेबापत प्राप्त रकमबाट थोरै न्यानोपना दिने जमर्को गरिएको हो’, गोपीलालले बताए।
गोपीलालका अनुसार भाईरल भएको एक बर्षभित्र कुशुमलाई धेरै प्रकारका अफरहरु आएका थिए। एक दर्जन जति चलचित्र, उत्तिकै संख्यामा म्यूजिक भिडियो, विज्ञापन, मोडलिंग तथा सरकारी तवरबाट पनि धेरै अफरहरु आएको श्रेष्ठले बताए। शुरुमा चलचित्रमा अभिनय गर्ने सोच नबनाएको बताएपनि ‘लम्फू’ टीमको सामाजिक उत्तरदायित्वको सोच र कुशुमलाई मास्टर डिग्री सम्म निशु:ल्क शिक्षाको लागी छात्रावृत्ती प्रदान गरेको कारण कुशुमले अभिनय गरेको उनले बताए। यो बर्ष ‘लम्फू’ चलचित्र बाहेक अन्य कुनै पनि प्रकारको सम्झौता नगरेको र यो चलचित्र रिलीज पछि सामाजिक उत्तरदायित्व बहन गर्न सकिने कुराहरुमा मात्र सोचिने उनले बताए।
पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय छ।