‘झोला’ टिमको दोश्रो प्रोजेक्ट, दाईजोको विकृत प्रथामाथी ‘भोर’


दुई बर्ष पहिले दर्शकमाझ आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ निर्माण टिम यतिबेला दोश्रो प्रोजेक्टको काममा व्यस्त छ। बिना कुनै प्रचार प्रसार गुपचुप रुपमा नयाँ फिल्म ‘भोर’ (फर्स्ट लाईट) छायांकन सकिएको छ। मध्य पुर्वी नेपालको जनकपुरमा छठ पर्वको अबसरमा पत्रकार सम्मेलन गरि निर्माण टिमले फिल्मको सम्पुर्ण छायांकन सकिएको जानकारी गरायो। सम्पुर्ण दृश्य जनकपुरमा छायांकन गरिएको फिल्मको पहिलो पत्रकार सम्मेलन पनि जनकपुरमा गरिएको हो।

कृष्ण धारावासीको कथामा निर्माणाधीन यो फिल्मको निर्देशन यादव कुमार भट्टराईले गरेका हुन्। निर्देशक भट्टराईले मैथिली भाषीहरुको वाहुल्यता भएको ठाउँमा उनिहरुकै समाजको समस्यालाई चित्रित गर्दै ‘भोर’ निर्माण गरेको बताए। मधेशमा जरो गाडेर बसेको दाईजो प्रथाको विषयलाई फिल्ममा समेटिएको छ। यो फिल्ममा अधिकांश मैथिली भाषी कलाकारहरुको अभिनय छ।

‘झोला’ फिल्मको सफलतापछि आफूमाथि एउटा सफल फिल्म बनाउनु पर्ने दबाब परेको बताउँदै निर्देशक भट्टराईले मधेशको सबभन्दा ठूलो समस्या दाइजोको विकृत रुपलाई फिल्मको माध्यमले सम्पूर्ण नेपालीलाई देखाउन अघि सरेको बताए। ‘फिल्मको छायांकन सुरु गरेको समयमा ‘झोला’ सफलताको ह्यांङ्गओभरले आफू माथि दबाब बढेको भएपनि ‘भोर’मा डुब्दै जाँदा यहाँ जोडिएका कलाकारहरुको उर्जा र समाईएको विषयवस्तुले सबै भुलाएको भन्दै मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व फिल्मले बोक्ने भट्टराईले बताए। मैथिली भाषी समुदायमा खिचिएको भए पनि फिल्मलाई नेपाली भन्दै भाषागत तथआ क्षेत्रिय फिल्मको भ्रममा नपर्न उनले सबैमा आग्रह समेत गरे।

वरिष्ट साहित्यकार कृष्ण धारावासीको लेखनमा तयार भएको फिल्मको पटकथा निर्देशक भट्टराईले नै लेखेका छन्। फिल्ममा मूख्य पात्रको रुपमा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर रहँदा उनिसँगै मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरुले अभिनय गरेका छन।

यतिबेला पोष्ट प्रोडक्शनको क्रममा रहेको फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन्। राज तिमल्सिना र रामगोपाल थापा निर्मातामा छन्। देवेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्मातामा छन्। उज्जल ढकालले फिल्मको सम्पादन गरिरकेका छन्। लेखक धारावासी, निर्माता, निर्देशन तथा सिनेमाटोग्राफर सबै झोला टिमका सदस्य हुन्।

नेपाली मौलिक कथा बोकेको झोला धाराबासीकै उपन्यासमा आधारित फिल्म थियो। उक्त फिल्मले सय बर्ष पुरानो नेपाली समाजको सतिप्रथाको कथा बोल्दै गर्दा सोहि प्रकारले मधेशमा २१ औं सताब्दीमा समेत विद्धमान दाईजो प्रथाको कथा’ भोर’मा उठाईएको छ। मैथिली शब्द मानिने ‘भोर’को अर्थ ‘बिहानी को किरण’ हो।

SUBSCRIBE 👉