विशेष शोमा सेलिब्रेटीहरुले गरे ‘ऐश्वर्य’को तारिफ नै तारिफ


सफलताका साथ् प्रदर्शन भईरहेको फिल्म ऐश्वर्यले राजधानी स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा स्पेसल शो को आयोजना गरेको छ। फिल्मलाई दर्शकले रुचाइरहँदा टिम र फिल्मकर्मीसंगै मिडियाकर्मीलाई पनि फिल्म हेराउने उदेश्यले शो को आयोजना गरिएको निर्माण पक्षले जनाएको छ।

रमेश उप्रेतीको प्रस्तुतिमा तयार भएको फिल्ममा उनिसंगै प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, बिकाश खतिवडा, तेन्जु योन्जन, केशब भट्टराई लगायतको अभिनय छ।

फिल्मको सार्वजनिक गीत तिमि रोएको पल र ट्रेलर तथा त्यसमा बोलिएको संवाद मार्फत चर्चामा आएको फिल्म ऐश्वर्यलाई स्पेसल शो मा हेर्न अभिनेता तथा निर्देशक भुवन केसी, कलाकार बिराज भट्ट, अभिनेत्री भुवन चन्द, साम्राज्ञी राज्य लक्ष्मी शाह, रुपा राणा, निर्देशक दिनेश डिसी, मुस्कान ढकाल, द्वन्द निर्देशक राजेन्द्र खड्गी, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, गायक हिमाल सागर, कलाकार विश्व बस्नेत, संविधानविद डाक्टर भीमार्जुन आचार्य, वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए। फिल्म हेर्ने अधिकाँसले यसको मेकिङको प्रसंसा गरेका छन् भने कलाकारको अभिनयको तारिफ पनि उतिकै गरेका छन्।

फिल्म हेरेपछि फिल्मकर्मीहरु:

भुवन केसी: मैले पहिला देखि नै ध्यान दिदै आएको मेकिङनै यसको बलियो पक्ष हो। रमेशले आफुलाई राम्रो कलाकार भनेर त प्रमाणित गरिसकेको थियो नै आजबाट उ राम्रो निर्माता पनि हो भन्ने प्रमाणित भयो। फिल्म मार्फत डेब्यु गरेकी दीपिकाको भविष्य मैले उज्वल देखेको छु भने प्रशान्तले निकै राम्रो काम गरेक छन्, म उनको फ्यान भए। म उसलाई ह्यान्डसम भिलेन भन्न चाहन्छु अनि रमेश अझै परिपक्क देखिएको छ। निर्देशकको हिसाबले दिवाकरले राम्रो काम गरेको छ। फिल्मले हेरुन्जेल आखालाई शितलता दिन्छ नै मनोरंजन पनि उत्तिकै दिन्छ।

Biraj Bhatta Nepali Actor

बिराज भट्ट: फिल्मको बारेमा सुनेको प्रतिक्रियाले म निकै उत्साहित थिए र फिल्म हेर्दा त्यो पाए पनि। फिल्मको मेकिङको त कुरा न गरौ , यसले नेपाली फिल्मको स्तरलाई पनि बढाएको छ। फिल्मले मनोरंजन दिन्छ भने निर्देशक र कलाकारले उतिकै मेहनत गरेका छन्। सुरुवाती दिनमा संगीत र ट्रेलर बनेको हाइपलाई फिल्मले बचाएको छ। मलाइ लाग्छ फिल्म हेर्ने ९० प्रतिशत दर्शकले यसलाई रुचाउनु हुनेछ।

साम्राज्ञी राज्यलक्ष्मी शाह: फिल्म राम्रो बनेको छ। मैले जे सुनेको थिए , त्यो भन्दा राम्रो पाए। फिल्मले हेर्दा दर्शकलाई बोर हुन् दिदैन। नेपाली फिल्म एक स्टेप माथि पुगेको आभास मैले पाएकी छिन। डेब्यु गर्ल दीपिकाले राम्रो काम गरेकी छिन भने म केकी दिदिको फ्यान नै भए। प्रशान्त सरले पनि निकै राम्रो गर्नु भएको छ। समग्रमा मलाइ फिल्म निकै राम्रो लग्यो। दीपिकालाई हाम्रो क्षेत्रमा स्वागत छ।

दिनेश डिसी: फिल्म सुरुको १० मिनेट अलिकति स्लो छ तर त्यसपछी लिएको रफ्तारमा दर्शकलाई कहिँ कतै बोर भएको आभास हुन् पाउदैन। रमेश उप्रेतीले आफ्नो कमब्याक धमाकेदार रहेको प्रमाणित गरेका छन् भने केकीले आफुलाई एउटी प्रतिभावान अभिनेत्रीको रुपमा प्रमाणित गरेकी छिन। म किरण राणा उप्रेतीजी संगै सम्पूर्ण टीमलाई यस्तो स्तरीय फिल्म मेकिङ गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु।

भीमार्जुन आचार्य: मैले पुरै फिल्म हेरे। परिवारसंग आएकोले आधामै निस्किने कि भन्ने पनि नलागेको हैन तर फिल्मले बाध्यो। म समिक्षा त हैन तर दर्शक भएर हेर्दा मनोरंजन लिए। फिल्ममा सहरिया जीवन र त्यसको जटिलतालाई राम्रोसंग प्रस्तुत गरिएको छ। यस फिल्मले नेपाली फिल्मको स्तरीयतालाई पनि प्रस्ट्याउछ।

SUBSCRIBE 👉