भारतमा पनि सलोन, आशिष्मा र आमेशको ‘मेला’


कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका छन्। एस पी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा चलचित्र प्रदर्शनको अधिकार किनेका हुन्। चलचित्र ‘मेला’का लेखक, सह–निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच संझौतामा हस्ताक्षर भएको छ।

बसन्त निरौला निर्देशित चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ। चलचित्रको ट्रेलर र ३ गीत हेरिसकेपछि आफूले भारतमा प्रदर्शन गर्ने अधिकार लिएको परदेशीले बताए। उनले, नेपालीहरुको बाक्लो बसाई रहेको भारतको सिक्किम, दार्जलिङ, मुम्बई, दिल्लीमा चलचित्र प्रदर्शन गर्ने बताए। यसका लागि चलचित्रको भारतमा चाडै नै सेन्सर गर्ने र हलहरुमा शो किनेर प्रदर्शन गरिने उनको भनाई थियो।

यस्तै, चलचित्रका प्रस्तुतकर्ता समेत रहेका पन्तले विदेशी बजारमा नेपाली चलचित्र प्रदर्शन हुँदा निर्माता पनि सुरक्षित रहने र चलचित्रको बजार पनि विस्तार हुने बताए। उनले, भारतको राइट्स विक्री भएपछि आफू केही हदसम्म सुरक्षित भएको बताए।

SUBSCRIBE 👉