फेसबुकमा को कसले पारे ‘झ्यानाकुटि’ ? तस्विरहरु हेर्नुहोस्


Priyanka Karki and Deepak Raj Giri

शुक्रबार बाट प्रदर्शनमा आउने फिल्म ‘झ्यानाकुटी’को फोटो कन्टेस्टले चर्चा एतिबेला निक्कै चर्चा पाएको छ। फिल्म युनिटले प्रिती चाउचाउसंगको सहकार्यमा ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ शुरु गरेको थियो।

Neeta Dhungana and Shyam Bhattarai

कन्टेस्टमा सहभागी हुनेले केटा साथी, प्रेमिका वा श्रीमतीले आफ्नो केटि साथी, प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा #Nov17 र #Jhyanakuti मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरि फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ। अपलोड गरिएका तस्वीरहरु मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि प्राप्त गर्नेछन्। यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ दिएका छन्।

Deeya Maskey Actress and Anoj Pandey Actor

यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाइन्छ।

‘यतिको साथ् पाइन्छ भन्ने सोचेकी थिइन तर दर्शकको चासो संगै सहकर्मीहरुले साथ दिदा निकै खुसि लाग्दो रहेछ’ फिल्म मार्फत निर्माणमा डेब्यु गर्न लागेकी निशा अधिकारी भन्छिन ‘फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ, ढुक्क हुनुस।’

Reecha Sharma and Anil Parajuli

फिल्ममा निशासंगै सिमोश सुनुवारको पनि लगानी छ भने सिमोश नै फिल्मका निर्देशक हुन्। प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय छ।

Rabin Shrestha and Reema Bishwakarma

यो फिल्मले सेन्सरबाट पिजी सर्टि्फिकेट पाएको छ। ‘फिल्मलाई सेन्सरले पिजी दिएता पनि त्यस्तो केहि छैन’ निर्देशक सिमोश भन्छन ‘फिल्म हेरेपछि आफ्नै गाउँघरको कथा फिल गर्नु हुनेछ।’ यो फिल्मको ट्रेलरले सकारात्मक प्रसंसा बटुलिरहेको छ।

SUBSCRIBE 👉