एभरेष्ट सुर्य बोहराको ‘भैरे’ घोषणा । चलचित्रमा दयाको जोडी को ?


नेपाली चलचित्र ‘भैरे’ घोषणा भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दयाहाङ्ग राई, सुनिल थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त, बर्षा सिवाकोटी स्टारर यस चलचित्रको शुभ साईत गरिएको छ।

‘भैरे’लाई एभरेष्ट सुर्य बोहराले निर्देशन गर्दैछन्। बोहराले यसअघि अग्निपरिक्षा, कान्छा, मुटु, ठुली लगायतका चलचित्रहरु निर्देशन गरेका थिए। काठमाण्डौ, पोखरा र मुस्ताङ्गमा छायांकन हुने यो चलचित्रको छायांकन मंसिर ४ गतेबाट शुरु हुँदैछ। करिव ४० दिनमा चलचित्रको छायांकन सक्काईने निर्माण पक्षले बताएको छ।

चलचित्र घोषणा कार्यक्रममा बोल्दै निर्देशक बोहराले आफुले भन्दा बढि आफ्नो कामले बोल्ने बताए। ‘मैले भन्दा बढि मेरो कामले बोलोस्। मेरो कामलाई हेरेर यहाँहरुले मुल्यांकन गर्नुहुनेछ’, बोहराले भने। चलचित्रले कस्तो कथा बोल्छ त्यो भने बोहराले प्रष्ट पारेका छैनन्।

चलचित्रका मूख्य पात्र अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथावस्तु राम्रो रहेको भन्दै बाँकी चलचित्र रिलिज भएपछि नै बोल्ने बताए। नायिका सुरक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा एकदमै मज्जा लागेको बताईन्। उनले राम्रो टिमबाट राम्रो चलचित्र बन्ने विश्वासले आफुले अभिनय गर्न राजी भएको बताईन्।

त्यस्तै, अर्की नायिका बर्षा सिवाकोटीले चलचित्रको कथा अत्यन्त राम्रो र रमाइलो रहेको बताईन्। संगीतकार, गायक तथा ‘भेरै’का सह-निर्माता यम बरालले चलचित्र उद्योगलाई केहि योगदान गर्न सक्छौँ भन्ने ध्येयले चलचित्रमा लगानी गरेको बताए।

नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि.को ब्यानरमा बन्ने ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुन्। देवि माया अधिकारी कार्यकारी निर्माता हुन् भने यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह-निर्माता रहेका छन्। चलचित्रमा दयाहाङ्ग राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने यस चलचित्रको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ। आगामी तीजमा रिलीज लक्ष्य रहेको ‘भैरे’मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ। कविराज गहतराजको नृत्य निर्देशन तथा सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ।

कार्यक्रमको भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉