पत्याउनुस् / नपत्याउनुस् : ‘४०० केजी सुन’ मूल्य बराबरको दिपिकाको यो गहना


फिल्ममा देखाइएको अभिनेत्री दिपीका पादुकोणले लगाएकी गहनाको मूल्य ‘४०० के.जी. सुन’ बराबरको मोल गरिएको छ। ४०० किलो सुनको मुल्यको हिसाब गर्ने हो भने करिब ११ करोड ७९ लाख भारतीय रुपैंया पर्दछ। यस गहनालाई यसै फिल्मको ज्वेलरी डिजाइनर क्वीता रावतले जानकारी दिएकी हुन्।

संजय लीला भंसलीको फिल्म ‘पद्मावती’माथि जारी विवाद बिस्तारै सेलाउँदै गईरहेको छ। यो फिल्मको रिलिज मिती यहि डिसेम्बर १ तारीखलाई तोकिएको छ। तर, अहिले सम्म यो फिल्म डिसेम्बर १ तारीखको दिन सिनेमाघरमा लाग्छ नै भन्ने पक्का भइसकेको छैन।

त्यसोत, यो फिल्म सुरुवातको समय देखिनै निकै चर्चामा रहँदै आएको फिल्म हो। यो फिल्मको कहानी, स्टार कास्ट, कष्ट्युम लगाएत विभिन्न विवादका कारण निकै चर्चामा रहँदै आएको हो। विवादमा आएपछि पनि यो फिल्म पुनः चर्चामा आएको छ । यस फिल्ममा देखाइएको अभिनेत्री दिपीका पादुकोणले लगाएकी गहना करिब २० के.जी. को रहेको बताइएको छ।

डिजाइनर क्वीताको भनाईअनुसार यस कहानी १३ औं र १४ औं शताब्दीको रहेको बताउँदै उनले भनिन्, ‘‘त्यस समयको रानीले कस्तो गहना लगाउँथिन, यसको रेकर्ड कतै पनि पाईएन। कुनै सामग्री किताबहरु पनि पाइएन, जुन हामीलाई जानकारी मिल्न सक्थ्यो।’’

यस सम्बन्धी जानकारी जुटाउनको लागि क्वीताको टीम भारत भरी भ्रमण नै गरे भने कैयौं म्युजियमहरुको चक्कर लगाएका थिए। उनले भनिन्, ‘हामीले गहना बनाउनका लागि निकै रिसर्च ग¥यो। धेरै राजा,,महारानीहरुको गहनाहरु सम्बन्धी किताबहरु पढ्यौं र धेरै इतिहाकारहरु सँग पनि सोध्यौं की त्यस बखतका रानीहरुले कस्तो खालको गहना लगाउँथे ?’’

१३ र १४ औं शताब्दीका रानीहरुले लगाउने गहना बनाउन निकै मुस्किल त थियो नै। त्यसैले ‘पद्यावती’ रानीको गहना बनाउँनकै लागी ६०० दिन सम्म काम गरिएको थियो। त्यसैले यस गहनाको लागि ४०० किलो सुनको मोल गरिएको हो। गहनामा धेरै स्टोन्सहरु प्रयो गरिएको बताइएको छ।

यस फिल्ममा दिपीकालाई सिर्फ गहनाको भारी मात्र थिएन। उनको कष्ट्युम्सको वजन पनि निकै भारी थियो। दिपीकालाई पद्मावती बनाउँनको लागि कमसेकम १ घण्टा लाग्थ्यो।

SUBSCRIBE 👉