‘छक्का पञ्जा २’ को ५१ औं दिन सेलिब्रेसन । दिपा दिपकले गरे एम्बुलेन्स हस्तान्तरण गर्ने घोषणा


चलचित्र ‘छक्का पञ्जा २’ ले आफ्नो प्रदर्शनको गौरवमय ५१ दिन मनाएको छ। असोज ११ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ कात्तिक ३० गते बाट प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको हो। चलचित्र निर्माण पक्षले आयोजना गरेको ५१ औं दिन सेलिब्रेसन कार्यक्रममा कलाकार, प्राविधिक तथा हल सञ्चालकलाई ट्रफी तथा सम्मान पत्र वितरण गरेको छ। कार्यक्रममा ‘छक्का पञ्जा २’ टिमले पुनः कुनै एक ग्रामिण अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्ने बताए। – भिडियो हेर्नुहोस्

कार्यक्रममा निर्देशक दिपकराज गिरी, अभिनेता दिपकराज गिरी, कलाकारहरु शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, गौरव पहारी, लक्ष्मी गिरी सहित ‘छक्का पञ्जा २’ को प्राविधिक टोली उपस्थित थियो।

दिपाश्री निरौला निर्देशित छक्का पञ्जा २ प्रदर्शनको ५१ दिनसम्म देशका झण्डै दर्जन बढी हलहरुमा प्रदर्शनरत छ भने हालसम्म फिल्मले साढे पन्ध्र करोडको ग्रस कलेक्सन गरिसकेको छ। आघिल्लो भाग ‘छक्का पञ्जा’ले एक सय दिन मनाउदै १६ करोडको ग्रस व्यापार गरेको थियो।

कार्यक्रमका तस्बिरहरु हेर्नुहोस्


भिडियो र फोटो: संजय शाक्य / ग्ल्यामर नेपाल डट कम

SUBSCRIBE 👉