‘वाउ नेपाल’कि सोनीकाको हट अवतार


‘वाउ नेपाल’ युट्युब च्यानलका कार्यक्रम प्रस्तोताका रुपमा परिचित सोनिका रोकाया, हिपहप सैलिको एक म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छिन्। ‘चाहने’ बोलको गीतको भिडियोमा उनी पहिलो पटक मोडलका रुपमा उदाएकी हुन्।

यो भिडियोले अहिले निकै चर्चा बटुलिरहेको छ। भिडियोमा सोनिकासँगै एलिजा श्रेष्ठ, पि डलर एम र आरजे एसआईको अभिनय छ। यो गीतमा अमेरिका बाट भिडियोको छायांकन गर्न आएका आरजे एसआईको शब्द, कम्पोज तथा स्वर सुन्न सकिन्छ। डेन्निस बिट्सको संगीतमा बनेको यस भिडियोमा पि डलर एमले र्‍याप दिएका छन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉