जुन गायिकासँग लभ गर्ने फुसर्द छैन


sunita-dulal

काठमाडौं । सु्निता दुलाल पछिल्लो समयकी व्यस्त गायिकामध्ये पर्छिन। अझ उनको माग र चर्चा स्वदेशमाभन्दा विदेशमा धेरै छ। वर्षमा मुस्किलले चार महिनामात्र नेपालमा हुन्छिन। तीजको गीतबाट शिखर चुमेकी यी गायिकाले एक दर्जनभन्दा बढी देशहरुमा आफ्नो स्वरको जादू छरिसकेकी छिन।

दसैं अगाडि क्यानडा गएकी उनी नेपाल फिरेको एक साता बित्दैछ। फेरि चाइनिज नयाँ वर्षमा हुने कार्यक्रममा सहभागि हुन छिट्टै कोरिया र मलेसिया उड्दैछिन। यता भएको बेला पनि महोत्सवहरुमा भ्याइनभ्याई छ। अझ कति कार्यक्रम दिनै नसकेको उनी बताउँछिन। उनकै शब्दमा भन्दा अहिले उनलाई मिनेट फुर्सद छैन। अरु त अरु मस्त यौवनले छोइसक्दा पनि उनले प्रेम गर्ने फुर्सद पाएकी छैनन रे।

भन्छिन, ‘उमेर त भयो तर खै लभतिर ध्यान दिने समय नै मिलेको छैन।’ अझ विवाह त परको कुरा। दुई वर्ष सोच्दै सोच्दिनन रे। अहिले करिअर बनाउने बेला भएकोले माया प्रेममा ध्यान दिन नसकेको उनको भनाई छ। तर पनि उनले देश/विदेशबाट प्रेम प्रस्ताव आउने गरेको कुरा भने लुकाइनन्।

SUBSCRIBE 👉