तस्विरहरु बाहिरियो: बेलायतमा प्रदिप र जसिताको झाँगीदैछ प्रेम!


मिलन चाम्सको निर्देशनमा नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ यतिबेला लण्डन तथा स्कटल्याण्डमा तिब्र गतिमा भइरहेको छ। पछिल्लो समयका चल्तीका नायक प्रदीप खड्का र प्रियंका कार्कीको मुख्य अभिनय रहेको फिल्म लिलीबिलीमा जसिता गुरुङको पनि मुख्य भूमिका छ। बिग बजेटको यो फिल्मलाई मिलन चाम्सको चाम्स इन्टरटेन्मेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र सुदीप खड्काको सुदीप खड्का प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको हो।

यसै क्रममा सुटिंग सेटबाट फिल्मका केही तस्बिरहरू बहिरिएका छन्। लिलिबिलिको सुटिङ सेटबाट नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङको तस्विरहरु बाहिरिएको हो। तस्विरहरुमा प्रदिप र जसितालाई रोमान्टिक मुडमा देख्न सकिन्छ।

फिल्म निर्माता तथा वितरकसमेत रहेका गोविन्द शाहीले लण्डन र स्कटल्याण्डका विभिन्न ठाउँमा सुुटिङ भइरहेको र करिब ३० प्रतिशत काम सकिसकेको बताएका छन्। उनका अनुसार फिल्मको रिलिज चैत ३० गते गर्नेगरी सबै काम अघि बढाइएको छ। शाहीले भने, ‘चैत ३० मा फिल्म रिलिज गर्ने तयारी गरेका छौँ, काम गर्नै सकिएन र ढिला भैहाल्यो भने, वैशाख १४ गते रिलिज गर्छौँ।’

SUBSCRIBE 👉