गुड, ब्याड एण्ड अग्ली पोस्टरमा हेर्नुस् ‘सुपर गोर्खे’


मङ्सिर २९ मा रिलिज हुने फिल्म ‘सुपर गोर्खे’ को पोष्टर रिलिज गरिएको छ। साइत हेराएरै बिहिबार सवा ११ बजे फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा गुड, व्याड र अग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ। यसअघि ए मेरो हजुर २, छक्का पञ्जा २ र ऐश्वर्य टीमले पनि ज्योतिषकै अनुसार फिल्मको गतिविधि अगाडी बढाएका थिए।

फिल्मको पोष्टरमा फिल्मकी नायिका ऋचा सिंह ठकुरी भने देखिएकी छैनन्। फिल्म कि अभिनेत्री नै यो फिल्मको निर्मात्री हुन्। राज थापाले निर्देशन गरेको यो फिल्ममा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय छ।

अविर हाउस प्रोडक्सनमा बनेको फिल्मले दैवी शक्ति बिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ। फिल्मको कथालाई मध्यनजर गर्दै समाजका केही शक्तिशाली व्यक्तिलाई सम्मान गर्ने योजना समेत निर्माण पक्षले बनाएको छ। तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा सौरभ लामाको छायाँकन छ। फिल्मको गीत हेर्नुहोस्।

SUBSCRIBE 👉