मंहगी नायिका : फिलिपिन्समा सुटिंग हुने फिल्मका लागी रु. १० लाख


बलिउडमा नायीकाहरुले करोडौं पारीश्रमीक लिएको खवर सुनीरहँदा नेपाली नायीकाहरुको पारीश्रमीक उक्त तुलनामा धेरै कम भएको बुझिन्छ। यसो हुनुमा एक नेपाली चलचित्रको बजार र लगानी नै सानो र कम हुनु हो यद्यपी नायक हरुको तुलनामा नायीका हरुले निकै कम पारिश्रमिकमा नै चित्त बुझाएको देखिन्छ।

नेपाली नायिकाहरुले लिंदै आएको पारीश्रमीकमा सबैभन्दा धेरै लिनेमा लगातार दुई हिट चलचित्र ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ दिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बनेकी छिन् । नायक आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’मा साम्राज्ञीले १० लाख पारिश्रमिक लिने भएकी छन्।

जानकारीमा आएअुनसार साम्राज्ञीले ८ लाख मागेकी र पछि चलचित्रमा आवश्यक पर्ने पहिरनको लागी भन्दै पूनः उनले २ लाख बढी लिएको बताइएको छ। औपचारिक रुपमा यस चलचित्रको घोषणा केही दिन पछी हुने र यस फिल्मको छायाङ्कन फिलिपिन्समा हुने बताईएको छ।

तस्विर: संजय शाक्य / ग्ल्यामर नेपाल

SUBSCRIBE 👉