फागुन ११ बाट सिनेमाघरमा ‘रोमियो एण्ड मुना’


विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘रोमियो एण्ड मुना’को प्रदर्शन मिति तय भएको छ। वितरक सँगको सम्झौतामा फिल्मको प्रदर्शन मिति फागुन ११ गतेलाई तय गरिएको निर्माता प्रसन्नगो गोपालीले जानकारी दिएका छन्। यो फिल्मलाई नरेशकुमार केसीको निर्देशनमा तयार भएको हो।

‘फिल्मको छायाँकन सकेर हामीप्रदर्शनको लागितयार भएका हौं’ निर्माता गोपालीले भने, ‘केही दिनमै फिल्मको डविङ र कलर करेक्सन सुरु हुनेछ। फिल्मको छायाँकन धरान र राजधानीमा गरिएको हो। युवावर्ग लक्षित रोमियो एण्ड मुनाको कथा, संवाद र लेखन निर्देशक के.सीले नै गरेका हुन्। फिल्म कस्तो हो त ? निर्देशक केसी भन्छन्श – ‘हरिया युवा र ग्रामिण युवती बिचको कथा नै रोमियो एण्ड मुना हो।’ उनी थप्छन् – ‘दुई अपरिचित बिचको मित्रताले उनीहरु आफैंले आफैंलाई पनि कसरी बुझ्दै जान्छन् भन्ने कथा फिल्ममा छ।’

दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेको फिल्ममा कालिप्रसाद बास्कोटा, कोशिस क्षेत्री र भारतीय गायक गौरव दवाङकरको संगीत छ। फिल्म निर्माणमा प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले सहकार्य गरेका छन्।

SUBSCRIBE 👉