आभाष शुभ-मुहर्त, फिल्मी रोमान्समा अब रियल जोडी


samyam-puri-ashmaग्ल्यामर नेपाल, काठमाडौं । रीयल जोडी संयम पुरी र आश्मा दाहालले अबले रील लाइफमा पनि रोमान्स गर्ने भएका छन् भने फिल्म सम्पादनमा जमेका युवा सम्पादक सुरेन्द्र पौडेल अब निर्देशकका रुपमा नेपाली रजतपटमा आउँदैछन्। फिल्ममा अभिनय र निर्माणमा सक्रिय निर्माता तथा अभिनेता गोविन्द शाही र दीपक शाहीले संयुक्त रुपमा लगानी गरेको फिल्ममा सलोन बस्नेत, संयम पुरी, आश्मा दाहाललगायतको अभिनय रहनेछ। यसै फिल्ममार्फत आश्मा नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रा.लि.को संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्म ‘आभाष’ मार्फत उनी निर्देशनमा डेब्यु गर्न लागेका हुन्।फिल्मको शुक्रबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मुहुर्त गरिएको छ।

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खड्काले फिल्मले नेपाली समाज, लोकतन्त्र र जनताका कुरालाई चित्रण गर्नुपर्ने बताए। निर्देशक पौडेलका अनुसार फिल्मले युवापुस्ताको कथालाई समेट्नेछ। फिल्मले पछिल्लो पुस्ताको समसामयिक दिनचर्यालाई प्रस्तुत गर्ने जनाउँदै उनले फिल्म कमेडी, ट्रयाजेडी र लभ सिक्वेन्सको मिश्रण हुने दाबी गरे।

जेठ ११ गतेबाट सुटिङका लागि फ्लोरमा जाने फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहनेछ। फिल्म काठमाडौं र पोखरामा छायांकन गरिनेछ। फिल्ममा सुरेन्द्र र हेमराज बिसीको कथा, पटकथा र संवाद रहेको छ।

 

SUBSCRIBE 👉