फिल्मका पात्रको स्वभाव झल्काउने ‘रोमियो एण्ड मुना’ टिजर रिलिज


फिल्म रोमियो एण्ड मुनाको टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मको पात्रको स्वभावलाई एनिमेटेड चराको माध्यम बाट देखाइएको छ। घमण्डी र जिद्दीको स्वभावलाई प्रस्ट्याउने टिजरलाई यौ ट्युबबाट रिलिज गरिएको हो। नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’ मा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन्। फागुन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको हाल पोष्ट प्रोडक्सनको कार्य चल्दैछ। फिल्मलाई प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनयले संयुक्त रुपमा निर्माण गरेका हुन्। – टिजर हेर्नुहोस्।

SUBSCRIBE 👉