सिनेमा निर्माणमा सोनाक्षी


sonakshi-sinha-bollywood-actress
बलिउडका नायिकाहरु प्रियंका चोपडा, शिल्पा शेठ्ठी, र अनुष्का शर्मा पछि अर्की नायिका सोनाक्षी सिन्हाले पनि फिल्म निर्माणमा हात हाल्ने भएकी छन्। नायिका सिन्हाले आफु निर्मात्री बन्न लागेको कुराको पुष्टिसमेत गरेकी छन्।

सोनाक्षीले कुन फिल्मबाट निर्माताको रुपमा आफुलाई अगाडि ल्याउँछिन् भन्ने कुरा उनले खुलाएकी छैनन्। हाल सोनाक्षीका भाई लव र कुश निजी प्रोडक्सन हेरीरहेका छन्। सोनाक्षी हाल अर्जुन कपुरका साथ फिल्म तेवरको काममा व्यस्त छिन्। उनी शाहिद कपुरसँगको दोस्तीलाई लिएर चर्चामा छिन्।

SUBSCRIBE 👉