कमेडी ‘पुन्टे परेड’को पहिलो अनुहार


Nepali Movie Punte Parade Poster

Nepali Movie Punte Parade Poster

ग्ल्यामर नेपाल, काठमाडौं । एसएलसी पास गरेर कलेज पढ्न जाने टिनएज उमेरका केटाकेटीको कथाबस्तु प्रस्तुत गरिएको कमेडी शैलीको फिल्म ‘पुन्टे परेड’को फष्टलुक सार्वजनिक गरिएको छ। ‘सायद’ फिल्मबाट चर्चामा आएका नायक संयम पुरी पुन्टे बनेको फिल्मका निर्देशक सुवास कोइराला हुन्। फिल्म ‘अपवाद’ निर्देशन गरेर प्रशंसा पाएका यी निर्देशकद्वारा निर्देशित अर्को फिल्म ‘आवरण’ हाल प्रदर्शनरत छ।

सान मुभी मेकर्स प्रालिको व्यानरमा निर्मित फिल्ममा संयमका अलावा एञ्जिला दाहाल, रविन्द्र खड्का, निलुडोमा शेर्पा, स्वेता थापा, गीता अधिकारी र विशेष भूमिकामा प्रियंका कार्कीको अभिनय रहेको छ। हरि महत प्रस्तुतकर्ता रहेको फिल्ममा सुरज कोइराला र अनिल अधिकारी निर्माता रहेका छन्। निलुडोमा शेर्पाको कथा, शान बस्न्यात पटकथा तथा संवाद, ताराप्रकाश लिम्बु र टेकनन्द लामाको संगीत रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ। फिल्म साउन २ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

SUBSCRIBE 👉