आईटम गीत र सोहि गीतमा गरिएको डान्सका कारण चर्चित पाँच कलाकार


आइटम डान्सर भनौ या आइटम गर्ल ! फिल्मी संसारको एक आकर्षण । तडक भडक पहिरन र बाताबरणमा गरिने नृत्य । आइटम गीत र सोहि गीतमा प्रस्तुत गरिएको डान्स मार्फत दर्शकहरुलाई मनोरंजन दिने मात्र नभई फिल्म भित्रका पात्रलाई पनि मनोरंजन दिने गरेको दृश्य। अस्लिल र कम्जोर होइन तर कलाकारलाई बोल्ड अवतारमा प्रस्तुत गरिने। हो, आज हामी चर्चा गर्दै छौ, नेपाली फिल्मी नगरीका केहि बोल्ड अभिनेत्रीहरुका बारेमा, जो आइटम गीत / डान्स र अभिनयका कारण चर्चामा छन्।

सुष्मा कार्की : केहि समय अघि फिल्म लुटको आइटम गीत ‘उध्रेको चोली’ निकै चर्चामा आयो। अभिनेत्री सुष्मा कार्की अभिनित गीतले दर्शकमा चर्चा कमाउनुका साथै सुष्मालाई पनि निकै चर्चामा ल्यायो। उनलाई यो गीत र भिडियोले नेपाली फिल्मी बजारमा आइटम डान्सरको रुपमा चिनायो।

माला लिम्बु : माला लिम्बु आफुलाई आइटम डान्सर भन्न रुचाउदिनन्। तर, कंयौ दर्शकबीच उनि ‘काले दाई’को आइटम डान्सरका रुपमा परिचित छिन्। फिल्म रातो घरको ‘झक्कास् झापाली’ अनि पर्वको ‘काले दाई’ आइटम गीतले मालालाई दर्शकमा चिनाएको हो। ‘काले दाई’मा गरेको अभिनयले उनलाई धेरै प्रसंसा पनि मिल्यो। माला लिम्बुले अभिनित थुप्प्रै म्युजिक भिडियोहरु पनि छन्, जहाँ उनलाई बोल्ड लुक्समा प्रस्तुत गरिएको हुन्छ।

नम्रता सापकोटा : राजेश हमाल अभिनित फिल्म सकुन्तलाको आइटम गीत ‘कोहि छ’ मा अभिनेत्री नम्रता सापकोटाको गज्जबको नृत्य हेर्न सकिन्छ। नम्रताले थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी छिन्। ‘कोहि छ’ गीतमा बोल्ड अवतारमा देखिएकी नम्रताले पछिल्लो समय फिल्म ‘छक्का पन्जा’मा अभिनय गरेकी थिईन।

एलिसा राई : एउट्टै गीतबाट करोडौं दर्शकको मन जितेकी अभिनेत्री हुन् एलिसा राई। लूट २ को ‘ठमेल बजार’ गीतले एलिसालाई निकै चर्चामा ल्यायो। दया हाङ राई, विपिन कार्की , निश्छल बस्नेत संग उनले यो गीतमा कम्मर मर्काएकी छिन्। फिल्मको यो गीत भन्दा पहिले पनि एलिशा अभिनित थुप्रै म्युजिक भिडियोहरु रिलिज भई सकेका थिए। म्युजिक भिडियोकि चर्चित मोडल हुन् – एलिशा राइ।

सुमी मोक्तान : मिस तामांग २०१२ कि विजेता ‘सुमी मोक्तान’ लाई नेपाली फिल्मी नगरीमा चिनायो ‘दुई रुपैंया’को गीत ‘टल्क्यो जवानी’ले । फिल्मको गीतमा आसिफ शाह र निश्चल बस्नेतसंग कम्मर मर्काए पछी सुमीको जवानी नभई नाम टल्क्यो। सुमीले सिमोस सुनुवार निर्देशित फिल्म ‘झ्यानाकुटी’ बाट अभिनय यात्रा शुरु गरिन।

SUBSCRIBE 👉