डिभोर्स गर्दै करिश्मा र सञ्जय


Karishma and Sanjay Divorce

Karishma and Sanjay Divorce

बलिउड नायिका करिश्मा कपुर र उनका उद्योगपति श्रीमान सञ्जय कपुरबीच एकापसको समझदारीमा सम्बन्धविच्छेदको मुद्धा अदालतमा दर्ता गराउने भएका छन्। हालै बान्द्राको फ्यामिली कोर्टमा भेटिएकी नायिका र उनका पति सञ्जयले त्यहाँ तीन घण्टासम्म प्रमुख न्यायधिश लक्ष्मी रावको सल्लाह लिएपछि छु्ट्टिने निर्णय गरेका हुन्। उनीहरुका समैरा र किरण राजकपुर गरी दुई सन्तान छन्।

करिश्माका निकट एक साथीका अनुसार जोडीले केही समय अघि नै सम्बन्धविच्छेदको मुद्धा दर्ता गराए पनि यो कुरालाई उनीहरुले गुपचुप नै राखेका थिए। ‘तर उनीहरुले एकापसमा झगडा गरेर बस्नुभन्दा छुट्टिएर बस्न सजिलो हुने आभास गरे र मिडियामार्फत आफ्नो सम्बन्धविच्छेदको समाचार सार्वजनिक गर्न चाहे।’ ती साथीले भनेकी छन्।

नायिका करिश्माको पक्षमा महेश जेठमालानी र क्रान्ति साथी तथा सञ्जयको पक्षमा जलाजा नाम्बियर, नारायण सुभामा र राधिका मेहताले बहस गरिरहेका छन्। केही समय अघि पत्नी करिश्माले सन्तानलाई घेराबन्दीमा पारेको भन्दै सञ्जयले अदालतको ढोका ढकढक्याएपछि उनीहरुबीचको तिक्तताको पर्दाफास भएको थियो।

करिश्माले सञ्जयसँग सेप्टेम्बर २९, २००३ मा विवाह गरेकी थिईन्। छोरालाई जन्म दिएपछि करिश्मा मुम्बईस्थित आमा बबिताको घरमा आएर बसेकी थिईन्। त्यही बेला सञ्जयको दिल्लीका एक होटल मालिक विक्रम चटवालकी पूर्व पत्नी प्रियाबीच अफेयरको हल्ला चलेको थियो।

SUBSCRIBE 👉