‘बटरफ्लाइ’ ट्रेलर : प्रियंका कार्की र आर्यन अधिकारीको लिप लक


अभिनेताआर्यन र अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘बटरफ्लाइ’को ट्रेलर रिलिज भएको छ। युट्युवमा रिलिज ट्रेलरमा आर्यन र प्रियंकाको प्रेमभाव झल्केको छ। एक दृश्यमा आर्यनले प्रियंकाको लिप्स चुम्छन्। ट्रेलरमा प्रेम, रोमान्स र रोदनका दृश्यहरुलाई प्राथमिकता दिईएको छ। ओम प्रतिक गुरुङ निर्देशित फिल्मको यसअघि नै सार्वजनिक ‘म गाउँदिन अब गीत’ बोलको गीत हिट लिस्टमा परिसकेको छ। फिल्ममा प्रियंका र आर्यनसँगै अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लिड रोलमा छन्।

अर्जुन पोखरेल, विकास चौधरी र दिपक शर्माले संगीत भरेको यो फिल्ममा एक्सन कुमार महर्जनको छ कोरियोग्राफीको जिम्मा कविराज गहतराजले सम्हालेका छन्। सुरेश बज्राचार्यले खिचेको ‘बटरफ्लाइ’को कथा निर्देशक गुरुङको नै हो। फिल्मलाई पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीले निर्माण गरेका हुन् भने रमेश प्रजापती कार्यकारी निर्माता रहँदा सह निर्मातामा सरोज शाह, मन्दिप श्रेष्ठ छन् भने लाइन प्रोड्युसरमा माधव पण्डित र लक्ष्मण पौडेल छन्। एक्सन लभस्टोरी जनरा बोकेको फिल्म ‘म त तिम्रो होइन र’ डेब्यू ब्वाइ आर्यनको यो दोश्रो प्रोजेक्ट हो। फिल्मको प्रदर्शन मिति पौष २८ तय गरिएको छ।

SUBSCRIBE 👉