‘लिलीबिली’ तस्विरहरु बाहिरियो, रोमान्टिक मुडमा भेटिए प्रदिप र जसिता


पछिल्लो समय चर्चामा रहेको निर्माणाधीन चलचित्र ‘लिलिबिली’को छायाँकन यतिबेला बेलायतमा धमाधम भईरहेको छ। सुटिङ सेटबाट लिलिबिलीको एक गीत छायाँकनका केही तस्बिर बाहिरिएका छन्। केही सातायता सुटिङ भइरहेको चलचित्र ‘लिलिबिली’ बाट नवनायिका रेबिका गुरुङ बाहिरिए पछि उनको स्थानमा प्रियंका कार्कीले प्रवेश पाएसंगै यो चलचित्रको चर्चा अझ चुलिएको थियो।

Pradip Khadka | Jasita Gurung

त्यसअघि, चलचित्रका नायक प्रदिप खड्काले २३ लाख पारिश्रमिक लिएको कुराले पनि चलचित्रको चर्चा सुरु भएको थियो। चलचित्र घोषणा कार्यक्रममा बडिगार्ड संगै नायक प्रदिप खड्का प्रेस मिटमा उपस्थित भएपछि उक्त चलचित्रको चर्चा परिचर्चाले मिडियामा हल्लिखल्ली मच्चाएको थियो।

Pradip Khadka | Jasita Gurung

बाहिरिएका तस्बिरहरुमा फिल्मका नायक प्रदिप र नायिका जसिता गुरूङ रोमान्टिक मुद्रामा देखिन्छन्। मिलन चाम्सको निर्देशनमा बनिरहेका चलचित्रको ५५ प्रतिशत छायाँकन सकिएको निर्माण टिमले जानकारी दिएको छ। छायाकंन भइरहेको उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।

Pradip Khadka | Jasita Gurung

SUBSCRIBE 👉