दर्शक हसाँउन आउंदै ‘जोडी नम्बर वान’


Jodi No.1

Jodi No.1

ग्ल्यामर नेपाल, काठमाडौं । निर्माण भएको चार वर्षपछि कमेडी फिल्म जोडी नम्बर १ आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने भएको छ। फिल्म युनिटले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलन गरी फिल्म रिलिजको जानकारी गराएको हो। कार्यक्रममा फिल्मका निर्देशक र कलाकार उपस्थित थिएनन्। कार्यक्रमका लागि नायिका अरुणिमा र नायक निखिललाई जानकारी गराए पनि उनीहरु उपस्थित नभएको निर्माता विष्णु सुब्बाले बताए।

निर्माता विष्णु सुब्बा

निर्माता विष्णु सुब्बा

फिल्म निर्माता विष्णु सुब्बाले विविध कारणले फिल्म प्रदर्शनमा ढिलाई भएको बताए। शुरुमा फिल्मको नाम ‘अग्नीसाक्षी’ तोकिए पनि कथाको कारण जोडी नम्बर १ नै राखिएको उनले जनाए। चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले प्रचार बिना नै फिल्म प्रदर्शनमा आउन लागेकाले व्यापारिक फाइदाका बारे आशंका व्यक्त गरे। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले पुराना नाम चलेका कलाकारको अभिनयले फिल्मले व्यापार गर्नेमा आशा व्यक्त गरे। कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीलगायतले फिल्मको सफलताको कामना गरेका थिए।

विष्णु फिल्मस् प्रा.लि.को व्यानरमा निर्मित फिल्मका निर्देशक उदय सुब्बा हुन्। फिल्ममा दिलिप रायमाझी, निखिल उप्रेती, झरना थापा, अरुणिमा लम्साल, किरण केसी, विल्सनविक्रम राई, सुनिल थापा, निर शाह, अशोक शर्मा र रामचन्द्र अधिकारीको अभिनय रहेको छ। विष्णुबाहेक किरण कार्की र प्रशान्त खड्काले पनि फिल्ममा लगानी गरेका छन्। कमेडी युवाको आर्थिक अवस्थाको चित्रण गरिएको फिल्ममा सुरज सुब्बा नाल्बोको कथा, जनकको द्वन्द्व, डा. कृष्णहरि बराल, दयाराम पाण्डेको गीत, महेश खड्काको संगीत, दिनेश पाख्रिनको नृत्य र महेन्द्र थापाको छायांकन रहेको छ।

SUBSCRIBE 👉