‘मिस्टर भर्जिन’ : यौन मनोविज्ञानको कथामा विशारदको फिल्म


तीन युवाको यौन मनोविज्ञानको कथा माथि नेपाली फिल्म ‘मिस्टर भर्जिन’ बन्ने भएको छ। फिल्म निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरेको छ। ‘मिस्टर भर्जिन’मा गौरब पहारी, बिजय बराल र कमलमणि नेपाल मुख्य तीन पात्रका रुपमा रहने छन्। वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई विशारद बस्नेतले निर्देशन गर्दैछन्। विशारद यसै फिल्म मार्फत फिचर फिल्म निर्देशनको यात्रा शुरु गर्दैछन्।

यो फिल्ममा गौरब, बिजय र कमलमणि संगै मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको पनि अभिनय रहनेछ। फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ।

‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतले संयुक्त रुपमा लगानी गरेका छन्। लगानीमा सघाउदै सन्दिप उप्रेती र मनिष खत्री सह-निर्माताका रुपमा रहेका छन्। मङ्सिर २९ गतेबाट छायांकन सुरु हुने यो फिल्म बैशाखको अन्तिम साता प्रर्दशनमा आउने छ।

SUBSCRIBE 👉