दयाहाङ पनि के कम ? चुलियो उनको पनि पारिश्रमिक


फिल्मको कन्टेन्ट भन्दा कलाकारको पारिश्रमिकको बढी चर्चा हुने जमाना छ। अनमोल केसीलाई ५० लाख दिन निर्माता र वितरकबीच हानाथाप हुन थालेको छ। प्रदीप खड्काले लिलीबिलीबाट २२ लाख रूपियाँ पाए भने विपिन कार्कीले फनफनीबाट झन्डै १८ लाख। दयाहाङ पनि किन पछि पर्थे र ? एकपछि अर्को फिल्ममा अनुबन्ध भइरहेका यी अभिनेताले भैरेबाट १८ लाख रूपियाँ लिएका छन्। जबकि, यसअघि उनी औसत १० लाख रूपियाँमा फिल्म खेल्ने गर्थे।

भैरेमा लिएको पारिश्रमिकको विषयमा दयाहाङ मौन छन्। तर, निर्माण युनिटका एक सदस्यले दयाहाङकै माग अनुरुप १८ लाख दिइएको बताएका छन्। यही फिल्मको सुटिङका लागि उनी उपल्लो मुस्ताङ पुगेका छन्। पारिश्रमिक जस्तै भैरेले दयाहाङको साख पनि बढाउला नबढाऊला केहि दिन त कुर्नु पर्ने देखिन्छ।

SUBSCRIBE 👉