रातो पहिरनमा खुलेकी मोडल तथा अभिनेत्री अनु शाह । फोटो ग्यालरी


मोरङको सलकपुरमा जन्मिएकी अभिनेत्री तथा मोडल अनु शाहको पहिलो चलचित्र ‘द युगदेखि युगसम्म’ ले चर्चा पायो। उक्त चलचित्रपछि उनी एक दर्जनभन्दा बढी चलचित्रमा देखा परिसकेकी छिन्। सानै उमेरदेखि (वि.सं. २०६० बाट) मोडलिङ तथा स्टेज कार्यक्रमहरूमा नृत्य गर्ने अनु शाहले त्यही बेलादेखि म्युजिक भिडियोहरूमा समेत काम गर्न थालेकी हुन्। सलकपुरमा जन्मिए पनि काठमाडौंमा हुर्किएकी अनु शाहको दाँतमा भएको दाह्रालाई धेरैले उनको सुन्दरताको केन्द्र मान्ने गरेका छन्। ५ फिट ७ इञ्च अग्ली अनु अचेल चलचित्रमा काम गरिरहेकी छैनन्। किन त ? अनुले भनिन्– ‘भनेजस्तो र चाहेजस्तो प्रस्ताव नपाएसम्म म चलचित्रमा काम गर्दिनँ।’ उनलाई म्युजिक भिडियोहरूमा भने मनग्य देख्न सकिन्छ।

मम्मी, बाबा र भाइलाई असाध्यै माया गर्ने अनुले विवाहका बारेमा अझैसम्म केही नसोचेको बताइन्। ‘म उहाँहरूलाई यति माया गर्छु कि विवाह गरेर अरूको घर जाने कल्पनासम्म गर्न सक्दिनँ।’ –अनुले भनिन्। प्रेमसम्बन्धका बारेमा अनु भन्छिन्– ‘प्रेम त गरिरहेकै छु नि मेरो परिवारलाई। मलाई अहिले अरू प्रेमको आवश्यकता छैन।’

रातो पहिरनमा खुलेकी अभिनेत्री तथा मोडल अनु शाह – फोटो ग्यालरी

Model / Actress Anu Shah | Photo Gallery

साभार : कान्तिपुर साप्ताहिक
शब्द : सुव्रत आचार्य । तस्बिर : महेश प्रधान । मेकअप/हेयर : रचना शाक्य, केटिएम मेकअप स्टुडियो, टेकु । पहिरन : ह्वाइट फेदर फेसन हाउस, नागपोखरी

SUBSCRIBE 👉