ऋषीराज आचार्यको ‘चुरीफुरी’ मा को को छन् हिरो-हिरोइन ?


निर्देशक ऋषीराज आचार्यले हिरो-हिरोइन गोप्य राखेर पुस अन्तिमबाट फिल्म ‘चुरीफुरी’ को सुटिङ गरिरहेका थिए। फिल्मको सुटिङ अन्त्यतिर पुग्दा फिल्मका हिरो-हिरोइन को–को हुन भन्ने कुरा सार्बजनिक गरिएको छ।

यो फिल्मबाट मोडल अभिषेक श्रेष्ठले फिल्मी दुनियाँमा इन्ट्री गरेका छन्। ऋषिराज आचार्यको लेखन र निर्माण समेत रहेको यो फिल्ममा अभिषेकका साथमा नव कलाकारहरु पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेतको अभिनय रहेको खबर बाहिरिएको छ। नयाँ कलाकारहरु अडिसनबाट चयन गरिएको निर्देशक आचार्यको भनाई रहेको छ। उनका अनुसार ‘चुरीफुरी’ को अडिसनमा करिब ८ सय युवायुवतीले प्रतिस्पर्धा गरेका थिए।

समसामयिक बिषयमा हास्य प्रदान प्रस्तुति रहेको फिल्ममा नयाँ युवायुवतीका साथमा फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरु रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायतले अभिनय गरेका छन्।

SUBSCRIBE 👉