मेलिना राईको फरक शैलीको म्युजिक भिडियो – कल्पनाको संसारमा प्राकृतिक प्रेम


Singer Melina Rai

पछिल्लो समय नेपाली गीत संगीतलाई मेहनतका साथ तयार पार्न थालिएको छ। फिल्म होस् या आधुनिक गीतको भिडियोलाई दृश्यको हिसाबले पनि उत्कृष्ट बनाउन कुनै कसर बाकि राखिदैन। यसै मध्येको एक गीत हो ’इन्द्रेणीको’। पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको भिडियोलाई उनकै यु ट्युव च्यानल बाट रिलिज गरिएको छ। इन्द्रेणी एल्बममा समावेश यस गीतमा दियालो सुशन माँझीको शब्द र उत्तम जंग लिम्बुको संगीत सुन्न सकिन्छा।

फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको हो। शान थापाले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडी फिचरीङ गरिएको छ। फिल्ममा नदेखिएको जोडीलाई भिडियोमा देखाएको निर्देशन थापा बताउछन्। गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ।

भिडियोमा नीता र निराजनले लगाएको ड्रेसमा ध्यान दिईएको छ। कमल मानन्धरको ड्रेस डिजाइनले भिडियोमा सुनमा सुगन्ध थपेको छ। प्राकृतिक प्रेम झल्कने ड्रेसमा निराजन र नीता खुलेका छन्।

राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन्। मनोज जोशी प्रोडक्सन म्यानेगर रहेको यस गीतको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ।

भिडियोका निर्देशक शान थापा भन्छन – गीतलाई अन्य भन्दा फरक बनाउन सम्पूर्ण टीमनै लागेका थियौ। गीतले प्रेम भाव व्यक्त गर्ने भएकोले युवतीले कल्पना गर्ने राजकुमारलाई देखाउने प्रयास गरेका छौ। कल्पनामा युवतीले आफुलाई परिको रुपमा चित्रण गर्ने भएकोले त्यस किसिमकै ड्रेसलाई प्रयोग गरेका छौ। विशेष गरि यी दुईको मनलाई पुष्पसंग तुलना गर्दै त्यस्तै किसिमको ड्रेसमा प्रस्तुत गरेका छौ। गीतले चोखो मायाको भावनालाई व्यक्त गरेको छ।

गायिका मेलिना राईको भनाई एस्तो छ – गीतमा विशेष गरि मायालुको कल्पनालाई प्रस्तुत गरिएको छ। शब्द र संगीतकै हिसाबमा गीतलाई गाएकी हुँ। एउटी सुन्दरीले आफुलाई परि सम्झिदै गर्दा कस्तो राजकुमार चाहन्छे भन्ने भावना गीतमा व्यक्त गरेका छौ। साथै भिडियोमा पनि यसलाई नै देखाउने प्रयास गरेका छौ।


WATCH VIDEO HERE:

Melina Rai Music Video Song Indreniko… | Nirajan & Neeta

SUBSCRIBE 👉