छिनको छिनमै बेहाल हुन्छ निशाको मन (भिडियोसहित)


nisha-adhikari-hot-video
ग्ल्यामर नेपाल, काठमाडौं । नायिका निशा अधिकारीको करिअर फिल्म ‘मुखौटा’को विजनेशमा अडेको छ। उनका पछिल्ला आधा दर्जन फिल्म अपेक्षा गरिए अनुरुप सफल हुन सकेनन्। त्यसैले ‘मुखौटा’ले पनि बक्स अफिसमा कमाल नमच्चाए उनले ठूलो धक्का बेहोर्नु पर्ने पक्का छ। सोही कारण हुनुपर्छ, जेठ ३० गते रिलिज हुने यो फिल्मको प्रमोशनमा निकै दौडिरहेकी छिन्। यसैक्रममा निशामाथि फिचरिङ गरिएको फिल्मको एक गीत रिलिज गरिएको छ। इन्दिरा जोशीले गाएको र भुपेन्द्र खड्काले लेखेको गीत भन्छ, ‘छिनको छिनमै बेहाल हुन्छ मन…’। संगीत भने कल्याण सिंहको रहेको छ। रिनाशा राईले कोरियोग्राफीमा शब्द अनुसार बोल्ड स्टेप दिन निशाले कुनै कन्जुस्याईं गरेकी छैनन्। यद्यपी उनको कामुक नृत्यलाई दर्शकले कतिको रुचाउने हो, रिलिज कुर्नुको विकल्प छैन्।

CLICK HERE TO WATCH VIDEO >>>

nisha-adhikari-hot-video-photo
रिफ इन्टरटेन्टको ब्यानरमा निर्माण भएको ‘मुखौटा’लाई अर्पण थापाले निर्देशन गरेका हुन्। अभिनय यात्राले पिकअप लिइरहेका बेला अर्पण निर्देशनमा होमिएकोले पनि यो फिल्म निकै प्रतिक्षित बनेको छ। फिल्मले चर्चा पाउनुको अर्को कारण हो, स्टार कलाकारको ठूलो डफ्फा। अर्पणसँगै राजेश हमाल, सुनील थापा, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, प्रशान्त ताम्राकारजस्ता चिनिएका अनुहारको अभिनय रहेको छ । रविन श्रेष्ठको लगानी रहेको यो फिल्मले महानगरमा फस्टाइरहेका ग्याङस्टारको भित्री कथा भन्नेछ।

CLICK HERE TO WATCH VIDEO >>

SUBSCRIBE 👉