कलाकारले सुटिङ्ग सेटमा के के सम्म गर्छन? ‘मिस्टर झोले’को मेकिङ्ग भिडियो हेर्नुहोस्


आगामी पुस २८ गतेबाट रिलिज हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’को चर्चा यतिबेला बजारमा राम्रै छ। फिल्म ‘कबड्डी’बाट चिनिएका निर्देशक रामबाबुले यो फिल्मको ट्रेलरमा पनि ‘कबड्डी’ फ्लेबरलाई केही रुपमा अंगालेका छन्। फिल्मको गीत र ट्रेलरले चर्चा पाइरहँदा फिल्म युनिटले फिल्मको सुटिङ गर्दाको भिडियो सार्वजनिक गरेको छ। सुटिङ गर्दा कलाकारको रमाइलो क्षणदेखि विविध कुरा समेटिएको भिडियोमा सुटिंग सेटमा के के भएको थियो भन्ने कुरा हेर्न सकिन्छ।

फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ। रामबाबुकै कथा लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ। सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको निर्माता टेकेन खड्का र कार्यकारी निर्माता रौनकविक्रम कँडेल हुन्।

मिस्टर झोले ट्रेलर

SUBSCRIBE 👉