बैशाख २८ गते हिरो फर्किदै अर्थात् ‘हिरो रिटर्न्स’


फिल्म निर्माण सम्पन्न भएको लामो समय सम्म पनि रिलिज मिति तय नभएको चर्चा चलिरहेको बेला ‘हिरो रिटर्न्स’को रिलिज मिति तय भएको छ। फिल्म निर्माण टिमले यो फिल्मको रिलिज नयाँ बर्ष २०७५ को बैशाख २८ गते गर्ने भएको छ अर्थात् बैशाख २८ गते हिरो रिटर्न हुने भएका छन्। फिल्मका निर्माता समेत रहेका अभिनेता सविन श्रेष्ठले फिल्म रिलिज मिति खबरको पुष्टी गरेका छन्। यो फिल्ममा सविनसँगै रेखा थापा, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतका कलाकारको मुख्य अभिनय छ।

‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दै स्टार अभिनेत्रीको ट्याग पाएकी रेखा यो फिल्म रिलिज हुँदा आफ्नै डेब्यू फिल्मको ब्राण्डलाई जिवित राख्ने कोशिशमा हुनेछिन्।

सविनले यसअघि नै फिल्मको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ‘रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए। उनका अनुसार फिल्ममा समवेश केहि दृश्यहरु पुनः छायाँकन गरिएको छ। ‘हिरो’ चल्दाको समयदेखि अहिलेसम्म नेपाली फिल्म हेर्दै आउनुभएका सबै दर्शक लक्षित फिल्म बनाउने हाम्रो लक्ष्य हो त्यसैले उत्कृष्टमा पनि उत्कृष्टता खोज्न केहि दृश्यको लागी पुनः छायाँकनमा गएका हौँ’ सविनले भने। फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन्।

कमेडी एक्सन जनरा भनिएको फिल्ममा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन्। दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन छ। चन्द्र गौतम यो फिल्ममा कार्यकारी निर्माता हुन्। सविन फिल्मस् को ब्यानरमा बनेको फिल्म ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन्। फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन्।

यो फिल्म नेपालमा रिलिज हुनु अघि कतार, अष्ट्रेलिया सँग सँगै लण्डनमा प्रिमियर हुने भएको छ। फिल्मको कतारमा हुने प्रिमियरको जिम्मा विष्णु कार्कीले लिएका छन् भने भिम न्यौपानेको व्यवस्थापनमा अष्ट्रेलिया प्रिमियर हुनेछ। लण्डन सहितका सबै ठाउँमा आउँदो फेब्रुअरीमा फिल्म स्कृनिङ हुने सविनले बताए।

रेखा थापा र सविन श्रेष्ठको चलचित्र ‘हिरो रिटन्र्स’को टाईटल गीत रिलीज

कमेडी एक्सन जनरामा सविनको ‘हिरो रिटर्न्स’, घोषणा संगै बाहिरियो पहिलो पोस्टर

सविन श्रेष्ठको ‘हिरो रिटर्न्स’ मा हिरोईन रेखा थापा

हिरो रिटर्न्स : रेखा थापा र सविन श्रेष्ठको एक्सन

SUBSCRIBE 👉