सिमा पारी देखिए पवन र ऋचा


गायक पवन थिङको स्वरमा तयार भएको ‘सिमा पारी…’ गीतको म्युजिक भिडियोले दर्शक तथा स्रोतको मन जितिरहेको छ। उक्त गीत गायक थिङको केही अघि सार्वजनिक भएको एकल गीति एल्बम ‘फ्लाई’ मा समावेश छ। गायक थिङले आफ्नै आधिकारिक यूट्युब च्यानल ‘पवन थिङ’ मार्फत उक्त भिडियो सार्वजनिक गरेका छन्। गायक थिङकै शब्दको उक्त गीतमा सुसन लामाको संगीत निर्देशन छ। दिपेश प्रधान उक्त गीतका संगीत संयोजक हुन्। पासाङ योञ्जनको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनेत्री ऋचा शर्माले अभिनय गरेकी छिन्। गायक थिङले अभिनेत्री शर्मालाई अभिनयमा साथ दिएका छन्। ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉