त्रिकोणात्मक प्रेम : को सँग खुशी होलिन प्रियंका ? हेर्नुहोस् ‘हेप्पी डेज’ ट्रेलर


दयाहाङ्ग राई, प्रियंका कार्की अभिनित फिल्म ‘हेप्पी डेज’ को ट्रेलर रिलिज भएको छ। ‘क्रिशमस डे’को अबसर पारेर दर्शकलाई उपहार स्वरूप फिल्म निर्माण पक्षले युट्युव मार्फत ट्रेलर रिलिज गरेको हो। २ मिनट ५ सेकेन्ड लामो यो ट्रेलरमा त्रिकोणात्मक प्रेम झल्काएको छ, सँगै भावनात्मक तथा द्वन्द्वात्मक दृश्यहरु समावेश छन्। बेलायतमा छायाँकन गरिएको फिल्मको ट्रेलरमा पात्रको परिचय र कथासारलाई खुलाईएको छ।

मिलन चाम्स निर्देशित यो फिल्ममा दया र प्रियंकासँगै सञ्जय गुप्ता, बिक्की जोशी, जेनिशा लिम्बु, मोनिका, रुपा पुनः, रितेश चाम्स लगायतका कलाकारहरुले अभिनय गरेका छन्। यो फिल्म चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइ को संयुक्त ब्यानरमा बनेको हो। फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको लगानी छ। माघ १२ गते यो फिल्म रिलिज हुनेछ। रोमान्टिक ड्रामा मिश्रित यो फिल्मलाई बेलायतमा गरिएको प्रिमियरमा औधी रुचाइएको थियो। ट्रेलर हेर्नुहोस् :

Nepali Movie Happy Days Trailer | Priyanka Karki, Dayahang Rai, Sanjay Gupta

SUBSCRIBE 👉