भोगमा दीपिकाको हट अवतार


Dipika - Vogue Magzine Cover

Dipika – Vogue Magzine Cover

बलिउडकी सेक्सी नायिका दीपिका पादुकोणले भोग म्यागाजिनका लागि हट फोटोसुट गराएकी छन्। उनले पत्रिकाको जुन महिनाको संस्करणका लागि हट फोटो खिचाएकी हुन्। ब्लकब्लस्टर्स क्वीन म्यागाजिनको नामले पनि परिचित भोगको कभर पृष्ठमा सर्ट बटन खोलेर तस्वीर खिचाएकी छन्।

फिल्ममा आफ्नो अभिनयका कारण दर्शकको दिवाना बनेकी दीपिका पत्रिकाको कभर पेजमा सेक्सी लुक्समा प्रस्तुत भएकी छन्। उनले आँखामा गाजल लगाएकी छन् भने एउटा हात कम्मरमा राखेर सर्टलाई अलिकति तन्काएकी छन्। दीपिकाको गलामा एक स्टाइलिष्ट हिरा र पन्नाको माला छ।

पत्रिकाको अर्को पृष्ठमा उनले सेतो रंगको ओपन टप लगाएकी छन्। उनको लुगाको कष्ट्युम डिजाइनर अनिता अदजानियाले डिजाइन गरेकी हुन्। फोटोसुटको समयमा दीपिकाले सब्यसाची मुखर्जी, मनीष मल्होत्रा, शांतनु र निखिलको डिजाइनमा बनेका लुगा लगाएकी थिईन्। पत्रिकामा उनलाई दुलही अवतारमा पनि देख्न सकिनेछ।

SUBSCRIBE 👉